Shitalu Mathi Ni (Lyrics)

Singers: Rubi Joshi, Pushpa Nepali

शितलु माथी नि, शितलु भयो नि
लौ लौ लौ, बरैका छायाले
घुम्दैछ मौरी नि, रसैका लागि नि
लौ लौ लौ, म घुम्छु मायाले

हिमालैचुली त्यो पल्लोपट्टि, संसारि देउदेउता
सबैका देख्छु जोडामा जोडि, बिजोडी म एउटा
खोरुङा खोला बाढी है आयो, ढाकेर बगरी
लाउनलाई माया, मायालु छैन, म एक्लै के गरुँ
शितलु माथी नि, शितलु भयो नि
लौ लौ लौ, बरैका छायाले
घुम्दैछ मौरी नि, रसैका लागि नि
लौ लौ लौ, म घुम्छु मायाले

गोठाला दाईको गोठैमा आज, भुनेमा मोहि छैन
फुलबारी गइ फुल टिपि ल्याए, लाईदिने कोहि छैन
सानोमा सानो मुजुरको भाले, कर्दैले रेटौला
नमरी बाचे, दैबले साचे, एकदिन त भेटौला
शितलु माथी नि, शितलु भयो नि
लौ लौ लौ, बरैका छायाले
घुम्दैछ मौरी नि, रसैका लागि नि
लौ लौ लौ, म घुम्छु मायाले
लौ लौ लौ, बरैका छायाले
लौ लौ लौ, म घुम्छु मायाले
Late singer Rubi Joshi

© All rights reserved to the original artists.

Comments

Popular posts from this blog

सुनाखरी (Artmandu) (Ujjwal Sagar, Bidhya Tiwari) lyrics

Machhi Marana (Lyrics)

Khilba Sem (खिल्बा सेम)