सुनाखरी (Artmandu) (Ujjwal Sagar, Bidhya Tiwari) lyrics
Song: Sunakhari
Production Company: Artmandu
Singers: Ujjwal Sagar/ Bidhya Tiwari
Lyrics: Harka Saud
Music: Ujjwal Sagar
यो हाम्रो सेरोफेरो, न तिम्रो न मेरो
बादलु किनारा, चाँदिको घेरो
यो हाम्रो सेरोफेरो, न तिम्रो न मेरो
बादलु किनारा, चाँदिको घेरो
यो घर कटेरी, हाम्रो घरबार
हो नि ज्यानमाया
ताराको छानो, जूनैको दरबार
हो नि ज्यानमाया
सुनाखरी टिपि, स्यूरी चुलठिमा
अल्झियो यो ज्यान, पाते बुलाकिमा
पंख फिजाई उड्यो पंछी, फिरफिर फिरफिर
सुन्न खोज्छ डालिले गित, चिरबिर चिरबिर
पंख फिजाई उड्यो पंछी, फिरफिर फिरफिर
सुन्न खोज्छ डालिले गित, चिरबिर चिरबिर
चल्यो बतास, कता रोकियो?
बग्यो खोली, कता ठोकियो?
चल्यो बतास, कता रोकियो?
बग्यो खोली, कता ठोकियो?
यता रातै, उता रातै
साँझपछी रातै त हो
सिरानि चिसो, चिसै छ छाती
न्यानो त साथै त हो नि हौ
छैन जुनेली आगनिमा
के ले छेक्यो जून?
उघारी परेली टिलिपिली
सुनिरहे बिरही धून
बासी आँखा बोकेर, छातिमा न्यानो छोपेर
एक मुठी सास रोकेर
आए ज्यान माया आए
झ्यालबाट घाम झलमल, रातभरी मनको छलफल
ज्यानकै माया सलसल
आहै ज्यान माया आहै
बासी आँखा बोकेर, छातिमा न्यानो छोपेर
एक मुठी सास रोकेर
आहै ज्यान माया आहै
झ्यालबाट घाम झलमल, रातभरी मनको छलफल
ज्यानकै माया सलसल
आहै ज्यान माया आहै
एउटै तन हामी, एउटै मनमुटु
हो नि ज्यानमाया
सँगै बसौँ लाग्छ, कहिले नछुटौँ
हो नि ज्यानमाया
यो हाम्रो सेरोफेरो, न तिम्रो न मेरो
बादलु किनारा चाँदिको घेरो
आहै ज्यान माया आहै
यो हाम्रो सेरोफेरो, न तिम्रो न मेरो
बादलु किनारा, चाँदिको घेरो
आहै ज्यानमाया आहै
यो हाम्रो सेरोफेरो, न तिम्रो न मेरो
बादलु किनारा, चाँदिको घेरो
आहै ज्यानमाया आहै
यो हाम्रो सेरोफेरो, न तिम्रो न मेरो
बादलु किनारा चाँदिको घेरो
आहै ज्यानमाया आहै
यो हाम्रो सेरोफेरो, न तिम्रो न मेरो
बादलु किनारा, चाँदिको घेरो
Thank you for visiting. More lyrics to be added soon!
Comments
Post a Comment