Himal Sari Ma Aglirahechhu
Singers: Narayan Gopal, Aruna Lama
Composer: Gopal Yonjan
Movie: Kanchhi
समात, समात, समात मलाई
बादलसरी म पग्लिरहेछु
सम्हाल, सम्हाल, सम्हाल मलाई
हिमालसरी म अग्लिरहेछु
समात, समात, समात मलाई
बादलसरी म पग्लिरहेछु
सम्हाल, सम्हाल, सम्हाल मलाई
यी तारा कति छन्, म गन्न सकूँला
यी तारा कति छन्, म गन्न सकूँला
तर तिम्रो माया, कति छ नसोध
जाँहा बरले पिपल अंगालेर बस्छ
जाँहा बरले पिपल अंगालेर बस्छ
तिम्रो मेरो साईनो, त्यतैतिर खोज
त्यतैतिर सोध
दुलहिसरी म रंगिरहेछु
उचाल, उचाल, उचाल मलाई
बादलसरी म पग्लिरहेछु
सम्हाल, सम्हाल, सम्हाल मलाई
म खोली बनेर सुस्तरी आऊला
म खोली बनेर सुस्तरी आऊला
तिम्रो सागरमा केही ठाँऊ देऊ
तिम्रा सारा तृष्णा मै मेटिदिऊला
तिम्रा सारा तृष्णा मै मेटिदिऊला
मलाई तिमी मै समेटिन देऊ
समेटिन देऊ
आकाशसरी म फैलिरहेछु
अंगाल, अंगाल, अंगाल मलाई
बादलसरी म पग्लिरहेछु
सम्हाल, सम्हाल, सम्हाल मलाई
हिमालसरी म अग्लिरहेछु
समात, समात, समात मलाई
बादलसरी म पग्लिरहेछु
सम्हाल, सम्हाल, सम्हाल मलाई
सम्हाल, सम्हाल, सम्हाल मलाई
सम्हाल, सम्हाल, सम्हाल मलाई
Original song link: https://youtu.be/xiTV_ve92xw
Comments
Post a Comment