Himal Sari Ma Aglirahechhu
Singers: Narayan Gopal, Aruna Lama Composer: Gopal Yonjan Movie: Kanchhi हिमालसरी म अग्लिरहेछु समात, समात, समात मलाई बादलसरी म पग्लिरहेछु सम्हाल, सम्हाल, सम्हाल मलाई हिमालसरी म अग्लिरहेछु समात, समात, समात मलाई बादलसरी म पग्लिरहेछु सम्हाल, सम्हाल, सम्हाल मलाई यी तारा कति छन्, म गन्न सकूँला यी तारा कति छन्, म गन्न सकूँला तर तिम्रो माया, कति छ नसोध जाँहा बरले पिपल अंगालेर बस्छ जाँहा बरले पिपल अंगालेर बस्छ तिम्रो मेरो साईनो, त्यतैतिर खोज त्यतैतिर सोध दुलहिसरी म रंगिरहेछु उचाल, उचाल, उचाल मलाई बादलसरी म पग्लिरहेछु सम्हाल, सम्हाल, सम्हाल मलाई म खोली बनेर सुस्तरी आऊला म खोली बनेर सुस्तरी आऊला तिम्रो सागरमा केही ठाँऊ देऊ तिम्रा सारा तृष्णा मै मेटिदिऊला तिम्रा सारा तृष्णा मै मेटिदिऊला मलाई तिमी मै समेटिन देऊ समेटिन देऊ आकाशसरी म फैलिरहेछु अंगाल, अंगाल, अंगाल मलाई बादलसरी म पग्लिरहेछु सम्हाल, सम्हाल, सम्हाल मलाई हिमालसरी म अग्लिरहेछु समात, समात, समात मलाई बादलसरी म पग्लिरहेछु सम्हाल, सम्हाल, सम्हाल मलाई सम्हाल, सम्हाल, सम्हाल मलाई सम्हाल, सम्हाल, सम्हाल मलाई Original song link: https